मानपुर खानेपानीको कार्यालय उद्घाटन

तुलसीपुर, १० साउन

एक घर एक धारा भन्ने सरकारको नीतिलाई कार्यान्वयन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मानपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको फचकलुवामा कार्यालय उद्घाटन गर्दै सहभागीले उपभोक्ताको मागलाई मध्यनजर गर्दै खानेपाीलाई व्यवस्थीत सहज बनाउन आग्रह गरेका थिएका थिए ।

समितिका अध्यक्ष अमर बहादुर खड्काको अध्यक्षता एवम् तुलसीपुर उपमहागनरपालिका–१६ का वडाध्यक्ष भुपबहादुर केसीको प्रमुख अथितयमा कार्यलयको उद्घाटन गरिएको हो ।
कार्यक्रममा नेकपा ५ नं. प्रदेश कमिटिका सदस्य गिरीराज केसी, नेकपा दाङ जिल्ला कमिटी सदस्य पदम केसी, नेपाली कांग्रेसका ज्ञान बहादुर कृसी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदिपराज गौतम, यज्ञ बस्नेत, शिवानन्द डाँगी, पुर्णबहाहार डाँगी, यज्ञमूर्ति गौतम लगाएतले आ–आफना धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया