विभिन्न मुद्धामा फरार छ जना पक्राउ

दाङ, ९ साउन ।

जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्धामा फरार छ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । जिल्ला अदालतको पत्रादेश अनुसार विभिन्न शिर्षकमा मुद्धा फैसला भई फरार रहेकाहरुको खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरी अदालत बुझाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ पर्नेहरुमा कुटपिट मुद्वामा निम कुमारी घर्ति,सुनिता पुन,सम्झना पाण्डे र धनि घर्ति रहेका छन् । यस्तैगरी लुटपाट मुद्वामा चन्द्र बहादुर वली र नाताकायम मुद्वामा गणेश वली पक्राउ परेको प्रहरीले बताएको छ । खोजतलास गर्ने क्रममा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई आबश्यक कारवाहीका लागी जिल्ला अदालत पठाईएको प्रहरी कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया