दिपज्योती विद्यालय परिसरमा वृक्षारोपण

तुलसीपुर, ५ साउन ।
तुलसीपुर उपमहानगरपालिका ४ नम्वर वडाका विभिन्न स्थानमा सोमवार बृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालय दाङले उपलब्ध गराएको टिमुर र विभिन्न प्रजातीका विरुवा रोपीएको दिपज्योती आधारभुत विद्यालय घोरानेटी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह पुनले जानकारी दिएका छन् । सोमवार विद्यालय परिसरमा टिक, मसला र अमलाका अढाई सय विरुवा रोपिएको उनले बताएका छन् ।

वृक्षारोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुप बहादुर केसी,शिक्षक, अभिभावक, विद्यार्थी लगाएत स्थानियको सहभागिता रहेको अध्यक्ष पुनले जानकारी दिएका छन् । साथै कोईलाखानी टोल विकास संस्थाका सदस्यहरुलाई टिमुरको विरुवा वितरण गरिएको छ । कार्यालय उपलब्ध गराएको नौ सय टिमुरका विरुवा प्रत्येक घरधुरीलाई ५ देखी १० वटा विरुवा वितरण गरिएको संस्थाका अध्यक्ष समेत रहेका पुनले जानकारी दिएका छन् । उक्र ठाउँ टिमुर खेतीको राम्रो सम्भावना क्षेत्र मानिन्छ ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया