चौरजहारी घटनाको प्रमुख कारण जातिय विभेद र छुवाछुत

दाङ, ३१ असार ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा ६ जना मारिएको घटनाको छानविन गर्न गठित संसदिय समितिले मंगलवार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । देवेन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिले उक्त घटना हुनुमा जातिय विभेद नै प्रमुख कारण भएको निष्र्कष निकालेको छ । सभामुख सापकोटालाई प्रतिवेदन बुझाउने क्रममा छानविन गर्दाको संक्षित भिडियो पनि प्रस्तुत गरिएको थियो ।

पौडेलले छानविनको क्रममा पिडित परिवार, गोताखोर र स्थानिय संग घटनाको विषयमा बुझिएको बताएका छन् । प्रतिवेदनको निष्कर्ष खण्डमा सोतीमा गएको जेठ १० गते भएको दुखद घटना हुनुको प्रमुख कारण जातिय विभेद तथा छुवाछुत भएको उल्लेख छ । प्रतिवेदनमा नवराज विकको प्रेम सम्वन्ध अन्र्तजातिय भएकाले कथित माथिल्लो जातकी केटीका अभिभावक र आफन्तीले कथित तल्लो जातको केटा भएकाले अस्वीकार गरेको उल्लेख छ ।

निष्कर्षको पहिलो बुदामा घटना जातिय भेदभाव तथा छुवाछुतको प्रमुख कारण भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा सोती घटना घट्नुपुर्व, घटना घटेको समय र घटनापश्चात अपाउनुपर्ने अपराध अनुसन्धानको विधि प्रक्रिया अपर्याप्त एवं त्रुटीपुर्ण देखीएकाले घटनाका सम्वन्धमा थप अनुसन्धान गर्नुपर्ने सिफारिस पनि गरिएको छ ।

प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार
प्रतिक्रिया