बंगलाचुलीमा टिमुरका बिरुवा वितरण

घोराही , ३० असार

दाङको दुर्गम क्षेत्रको रुपमा रहेको बंगलाचुली गाउपालिकामा डिभिजन वन कार्यालय दाङले टिमुरको विरुवा वितरण सुरुवात गरेको छ ।
बंगलाचुली गाउँपालिकाका – ४ स्थित जूम्लेपानी सामुदायिक वन उपभोक्ताले उत्पादन गरेको १२ हजार विरुवा वितरण गरिएको कमिरेचौर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिए ।

डिभिजन वनले जिल्लामा एक लाख टिमुर रोप्ने लक्ष्य लिएको छ ।  गाउँपालिकाका अध्यक्ष भक्त वहादुर वलीले टिमुर खेतीमा अग्रसर किसानलाई विरुवा वितरण गरि वंगलाचुलीमा टिमुर रोपण अभियानको सुरुवात गरेका थिए ।

प्रदेश सरकार अन्र्तगत डिभिजन वन कार्यालय दांङले यस वर्ष वंगलाचुली लगायत घोराहीको सैघा, तुलसीपुरको छिल्लीकोट, प्रतापकोट लगायतको उत्तरी महाभारत क्षेत्रका किसानहरुलाई निशुल्क रुपमा टिमुरको विरुवा उपलव्ध गराएको छ ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया