क्रिकेट प्रशिक्षकलाई सम्मान

जनकपुर, २८ असार

Advertisement

राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान गरिएको छ । प्रशिक्षक पदबाट अवकाश पाएपछि सिंहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो ।

Advertisement

क्रिकेट संघ धनुषाले आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले अवकाशप्राप्त प्रशिक्षक सिंहलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

Advertisement

जनकपुरमा क्रिकेटलाई जीवन्त बनाउन अहोरात्र सेवा गरेको र अवकाशपछि पनि क्रिकेटमा लाग्नका लागि हौसला बढाउन सम्मान गरिएको क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *