प्रहरीलाई डेढ लाख दिन खोजेको आरोपमा दाङमा दुई जना पक्राउ

दाङ, २८ असार ।

दाङ प्रहरीलाई डेढ लाख रुपैया दिन खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १८ का सुपैलाकुटी बस्ने २७ बर्षिय गोविन्द शाह र प्युठान स्वर्गद्धारी नगरपालिका वडा नम्वर ५ भिङग्री घर भई हाल लमही नगरपालिका ५ लमही बजार बस्ने ३० बस्ने समिर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनीहरु दुवै जनाले वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालको कार्यकक्षमै भेटघाटको क्रममा शनिवार बेलकुी ५ बजे तिर मुद्धा मिलाई दिन आग्रह गदै १ लाख ५० हजार रुपैया घुस दिन खोजेको प्रहरीले आरोप लगाएको छ ।

प्रहरीका अनुसार लागुऔषध ब्राउन सुगर मुद्धामा पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्धा मिलाई दिनुप¥यो भन्दै उक्त रकम दिन खोजेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनालाई आबश्यक कारवाहीका लागी अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाईएको प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया