घोराहीको एक डाँडालाई जिल्लाकै चिउरीको बगान बनाउन सुरु

दाङ, २८ असार ।

दाङको घोराही—मुकृट्टी हुदै प्यूठान जोड्ने सडकखण्डको छेउमा रहेको काउले डाँडालाई जिल्लाकै चिउरीको बगान बनाउन शुरु गरिएको छ । ऐतिहासिक महत्व बोकेको गडीलेखको काखमा रहेको काउलेडाँडाको खाली बन क्षेत्रमा बहुउपयोगि चिउरीको उद्दान बनाइ पर्यटकिय स्थल बनाउने योजनाका साथ काम शुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

जिल्ला सदरमुकाम घोराहीदेखि पूर्वउत्तरतर्फ नजिककै रहेको काउले वातावरणीय दृष्टीले चिसो क्षेत्र र उक्त लेखबाट दाङको प्रायः सवै क्षेत्र देख्न सकिन्छ । अहिलेपनि मानिसहरु वनभोज लगायतका आन्तरिक जमघट, वनभोज लगायतका काम गर्न जाने पनि गर्छन । उक्त स्थानलाई चिउरीको बगानमा बिकास गरी आन्तरिक पर्यटक बढाउने गरी काम अघी बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।   चिउरी बगान बनाउनका लागि डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सिमानामा रहेको काउलेडाडाँको करिव ५ हेक्टर वन क्षेत्रमा तारबार सहित एक हजार आठ सय चिउरीका बिरुवा रोपेको छ ।

  जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र डिभिजनल प्रमुख ज्ञवालीले आइतवार चिउरी बिरुवा रोपेर काउलेको डाँडालाई चिउरी बगाउन बनाउने अभियानका शुभारम्भ गरेका हुन् । सुनपुर सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा स्थानीय अम्विकेश्वरी सामुदायिक वन क्षेत्रमा थालिएको उक्त अभियानमा सयौ उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया