दाङमा पुरुषको तुलनामा महिला मतदाता बढि

तुलसीपुर,११ जेठ ।
जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढि रहेको छ । पुरुष भन्दा महिलाको मतदाताको सँख्या चार हजार दुई सय ६३ ले बढी रहेको छ । जम्मा २ लाख ९१ हजार १ सय ७३ मतदाता रहेकोमा १ लाख ४७ हजार ७ सय १७ महिला मतदाता छन । यस्तै १ लाख ४३ हजार ४ सय ५४ पुरुष मतदाता रहेका छन् ।

त्यस्तै जिल्लामा दुई जना तेस्रोलिङ्गी मतादाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । दोस्रो संविधानसभाको चुनावमा भन्दा स्थानीय तहको चुनावमा दाङमा ५२ हजार ४ सय ३६ मतदाता बढेका छन् ।

१० वटा स्थानीय तह रहेको दाङमा सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा ७८ हजार ४ सय २७ मतदाता रहेका छन् भने सबैभन्दा कम राजपुर गाउँपाालिकामा १० हजार ४ सय २३ मतदाता रहेका छन् । दाङमा दश वटा स्थानीय तह मध्ये दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका रहेको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया