हात्तीखौवादेखी तुलसीपुर बजारसम्म बृक्षारोपण

तुलसीपुर, २६ असार 

सडक हरियाली बनाउन तुलसीपुरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । तुलसीपुरको घोराही चोकदेखि हात्तीखौवासम्मको सडकको बिच भागमा सोवनिय रुख तथा फुल प्रजातिका विरुवा रोपिएको तुलसीपुर उपमहागनरपालिका वातावरण शाखा प्रमुख प्रशासन वलीले जानकारी दिनुभयो । करिब एक किलोमिटरको दुरीमा रहेको फोरलेन सडको बिच भागमा २० प्रजातिका २ सय ६७ वटा विरुव रोपिएको प्रमुख वलीले बताउनुभयो । सडकमा रुख धुपी, छतिवन, करबबिर मुसुनडा, कामनी, कपुर, फनेक्स पाम, गुलमोहर, निम, फल्ची लगाएतका पूmल्ने विरुवाहरु रोपिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर तुलसीपुर उपमहागनरपालिका प्रमुख घनश्याम पाण्डेले सडक सौन्दर्यका लागि वृक्षारोपन गरेर औपचारिक उद्घाटन् गर्नु भएको थियो । बजार क्षेत्रमा पर्ने सडकको सौन्दयताका लागि प्रदेश सरकारको सहयोगमा अभियानको सुरुवात गरिएको हो ।
वृक्षरोपन कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटीको अवधारणा अनुसार काम अगाडि वढाइएको बताउदै बजार क्षेत्रलाई सुन्दर वनाउनु सबैको दायित्व भएको बताउनुभयो । तुलसीपुरलाई हरीयाली र सौन्दर्य तुलसीपुरका रुपमा स्थापित गर्न विभिन्न टोल विकास संस्था र निजी क्षेत्रको सहयोगमा थप सौन्दर्यकरणको काम अगाडि वढाइने वताउनुभयो ।

जिल्ला वन अधिकृत दिपक ज्ञवालीले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत सडक सौन्दर्यकरणका लागि दाङ्गका विभिन्न सहरमा विरुवारोपण गरिएको वताउनुभयो । सो अवसरमा संविधान सभा सदस्य वुद्धिराम भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत लगाएतले स्वास्थ्यका लागि हरियाली आवश्यक रहेको बताएका थिए ।  वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अधिकृत भिमप्रकाश खत्रीले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया