डिभिजन वन कार्यालयद्धारा  मौवाका बिरुवा रोपणको शुभारम्भ 

दाङ, असार २४ 

डिभिजन वन कार्यालय दाङले बहुउपयोगी मौवाका बिरुवा रोपण अभियानको शुरुवात गरेको छ । चौधरी समुदायको धर्म र संस्कृतिसँग जोडिएको मौवाको बाट लगाउने कार्यलाई अभियानकै रुपमा अघी बढाएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।  घोराही उपमहानगरपालिका वडा  नं २ मा रहेको गौरी सामुदायिक वन क्षेत्रमा संघिय संसद अन्र्तगतको कृषी, सहकारी एवं प्राकृतिक स्रोत समितिका संयोजक शान्ता चौधरीले आज बिहिवार त्यसको मौवा बिरुवा रोपण अभियानको शुरुवात गर्नु भयो ।

मौवा रोपण अभियानलाई अर्को बर्षदेखि जिल्लाभर अभियानकै रुपमा अगाडी बढाई कम्तिमा २० हजार मौवाका बिरुवा रोप्ने योजनाका रहेको प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । चौधरी समुदाय बाहुल रहेको क्षेत्रमा मौवा रोपणलाई बहुउपयोगी दृष्टीले अगाडी बढाइने कार्यालयले जनाएको छ । गौरी सामुदायिक वनको करिव ४० हजार हेक्टर वन क्षेत्रमा बिभिन्न प्रजातिका ३० हजार बढी योजना रहेको सहायक वन अधिकृत बिष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

अभियानको शुरुवातका लागि टोली संयोजक चौधरी सहित संसदिय उप समितिका सदस्यहरु सत्यनारायण शर्मा र राजवहादुर बुढाथोकी, डिभिजन वन अधिकृत ज्ञवाली सहितको टोली पुगेको थियो । यो बर्षमा दाङमा ढाइ लाख बढी बिरुवा रोप्ने योजना रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

२०  बर्ष बैज्ञानीक वन व्यवस्थापनको अनुगमनका क्रममा संसदिय समितिद्धारा जिल्लाका सरोकारवालाहरुसँग छलफल 

संघिय संसद अन्र्तगतको कृषी, सहकारी एवं प्राकृतिक स्रोत समितिले पश्चिम नेपालमा भैरहेको बैज्ञानीक वन व्यवस्थापनको स्थलगत अनुगमनका क्रममा आज बिहिवार दाङ आएको छ । कैलालीको एउटा वनमा बैज्ञानीक वन व्यवस्थापनको नाममा मनपरि रुख काटेको उजुरी परेपछि संसदिय समितिले उप समिति गठन गरि पश्चिम तराईका जिल्लाको स्थलगत अनुगमन गरिरहेको उप समिति संयोजक शान्ता चौधरीले बताउनु भयो ।

दाङको छलफलमा सहभागि सामुदायीक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरुले वैज्ञानिक वन व्यवस्थापनको अबधारणा राम्रो भए पनि त्यसबाट निस्किएको वन पैदावार उपभोगमा भने उपभोक्ताहरु मारमा पर्ने गरेको गुनासो गरेका छन । कार्यक्रममा उपसमितिको नेतृत्व गर्नुकएका समिति सदस्य शान्ता चौधरीले उपभोक्ताको चाहना अनुसारले वन सम्बन्धी निति नियम बन्नु पर्ने भएकाले सबैको राय सुझाव लिन आफूहरु अनुगमनमा हिडेको बताउनु भयो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले वनका माध्यमबाट स्थानीयलाई समृद्ध बनाउनका लागि यो बर्ष दाङको पहाडी भेगमा एक लाख टिमुरका बिरुवा रोपन थालिएको जानकारी गराउनु भएको थियो ।

तराइको नदी उकास क्षेत्र बगरलाई बन बनाउने गरि गतबर्षदेखि थालिएको बृक्षारोपण अभियानलाई यो बर्ष अझ प्रभावकारी रुपमा अघी बढाइएको जानकारी गराउनु भयो । बगरलाई बन गराउका कारण दाङको बन क्षेत्र करिव दश हजार हेक्टर वन क्षेत्र बढेको उहाँको भनाई थियो । कार्यक्रममा उहाले जिल्लाको वनको अबस्थाको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधिहरुले वन संरक्षण गर्नेहरु नै त्यस्को उपभोगबाट बञ्चीत भएको गुनासो आउने गरेकाले त्यस्ता समस्या समाधानका लागी पहल गर्न उपसमितिलाई सुझाव दिएका थिए । संसदिय उप समितिका सदस्यहरु सत्यनारायण शर्मा र राजवहादुर बुढाथोकीले उपसमितिले गर्ने कार्यको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा नेकपा दाङका सचिव सुवास पुन, नेपाली काग्रेसका जिल्ला सचिव शंकरप्रसाद डागी, राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी लगायएकाले सुझाव राख्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया