बलात्कार गरेको आरोपमा घोराहीमा एक जना पक्राउ

तुलसीपुर, २५ असार

बलात्कार गरेको आरोपमा घोराहीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही –११ निबासी ३३ बर्षका ताराबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय घोराहीेले जानकारी दिएको छ ।

बस्नेतले असार २२ गते बलात्कार गरेको भन्ने पिडितको जाहेरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया