वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा विप्लवका ३ जना कार्यकर्ता पक्राउ

तुलसीपुर, १७ असार

शान्तिनगर गाउँपालिकाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकर्तालाई पक्राउ गरेको ईलाका प्रहरी कार्याय तुलसीपुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहागनरपालिका–५ मासुमार्केट निबासी २९ बर्षका अर्जुन शाही, शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुर निबासी ५१ बर्षका इन्द्रबहादुर वली र भलानेटी निबासी ३८ बर्षका रेशमबहादुर विक रहेको प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीलाई कुटपिट गरेको जानकारी पाए लगत्तै गएको प्रहरीले शान्तिनगरका विभिन्न ठाउँबाट गएराति पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया