धारपानी सामुदायिक बनको प्रतिवेदन बाझियो, प्रतिवेदन भन्छ ७०४, बन समुहका अध्यक्ष भन्छीन् १८३ मात्रै रुख काटियो

तुलसीपुर, १३ असार ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ को धारापानी सामुदायिक बनमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्र्तगत बन पत्ल्याउने नाममा जथाभावी रुख काटिनुको साथै आर्थिक अनियमितता भएको आरोप लगाउदै स्थानिय उपभोक्ताले डिभिजन बन कार्यालयमा गएको जेठ १३ गते उजुरी दिए ।

डिभिजन प्रमुख दिपक ज्ञवालीले उजुरीको आधारमा सत्यतथ्य पत्ता लगाउन सव डिभिजन तुलसीपुरको समन्वयमा हुनेगरी विजौरीका सहायक बन अधिकृत कमलप्रसाद पुनको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी छानबिन शुरु गर्न आदेश दिए । सो समितिले जेठ १५ गते बन समुहका सम्पुर्ण कागजात नियन्त्रणमा लिएर छानबिन प्रक्रिया अघि बढायो ।
त्यसपछि समितिले तयार गरेको प्रतिवेदन यहि असार ११ गते बन समुहको कार्यालयमा सार्वजनिक रुपमा पेश ग¥यो । समितिले पेश गरेको प्रतिवेदनमा बन पत्ल्याउने कार्यक्रममा नियम अनुसार जम्मा ७०४ वटा रुख काटेको उल्लेख गरेको छ । समितिले रुख कटानमा नियम संगत भएता पनि आर्थिक पार्दशिता नभएको प्रतिवेदनमा उल्लेख गरेको छ । बन समुहले आम्दानी, बन पैदावारको रजिष्टर नराखेको, विल भपाई क्रम संख्या अनुसार नभएको, चार जनालाई विधान विपरित उपभोक्ता बनाई काठ विक्रि गरेको उल्लेख छ ।
समितिले उक्त बनमा १५ लाख बराबरको आम्दानी भएता पनि धेरै जसो रकम नगद कारोवार गरेको भन्दै दुई दिन भित्र सवै रकम बैंक दाखीला गर्न निर्देशन दिएको थियो । समितिले बन समुहका पदाधिकारीले नै विधान विपरित कार्य गरेको उल्लेख गदै १४ बुँदे सुझाव सहितको प्रतिवेदन पेश गरेको छ । तर समितिले प्रस्तुत गरेको उक्त प्रतिवेदन बाझिएको छ । बन समुहमा विवाद उत्पन्न भएपछि पहिलो पटक तुलसीपुर खवर डटकमले बनमा जथाभावी सालका रुख काटियो भन्ने समाचार प्रकाशित गरेको थियो ।
त्यतिबेला बन समुहकी अध्यक्ष नन्दा जिसीले बन पत्ल्याउने कार्यक्रम अन्र्तगत साना ठुला गरी जम्मा १८३ वटा रुख काटिएको भन्ने प्रतिक्रिया दिएको अडियो तुलसुीपुर खवरडटकम टिम संग रहेको छ । तर भरखरै छानविन समितिद्धारा प्रस्तुत प्रतिवेदनमा ७०४ वटा रुख काटिएको भन्ने उल्लेख गरिएको छ । जसले गर्दा बन समुहकी अध्यक्ष जिसी र प्रतिवेदनमा उल्लेखीत रुख संख्यामा मत बाझिएको छ । यसले अहिले प्रतिवेदन माथी आशंका पैदा भएको स्थानिय उपभोक्ताले बताएका छन् । छानविन समितिले प्रस्तुत गरेको प्रतिवेदन र बन समुहकी अध्यक्षको भनाईमा भिन्नता हुदा अन्यौलता सिर्जना भएको छ ।चित्तबुझदो प्रतिवेदन नभएपछि अहिले स्थानिय उपभोक्ताले प्रतिवेदन माथी प्रश्न उठाएका छन् । यता डिभिजन प्रमुख ज्ञवालीले छानविन समितिले पेश गरेको प्रतिवेदनको अध्ययन गर्ने र प्रतिवेदनमा रुख काटिएको सन्दर्भमा ठिक भएमा बन समुहकी अध्यक्षले बोलेको कुरा उहा आफै जवाफदेही हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया