खुकुरी देखाएर महिलालाको सुन लुट्ने पक्राउ

तुलसीपुर, १२ असार/ बारीमा घाँस काटिरहेकी महिलालाई खुकुरी देखाएर सुन लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निबासी स्थानीय पार्बती गुरुङलाइ खुकुरी देखाएर लुट्ने  सिन्धुपाल्चोक घर भई भक्तपुरको सुर्यविनायक बस्दै आएका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

९९ लाल सुनको एक जोर गहना र लुट्दा प्रयोग गरेको खुकुरी सहित शंखरापुर नगरपालिका – ६ स्थित सलम्बुटारबाट दुबैजनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार
प्रतिक्रिया