लक्ष्मी सहित तुलसीपुरमा ४ जनामाथि खुकुरी प्रहार

तुलसीपुर, १२ असार

गहते खोलामा भएको खुकुरी प्रहारबाट अश्वाराका ४ जना युवक घाइते भएका छन् । घाईत हुनेमा तुलसीपुर उपमहागनरपालिका–८ अश्वारा निबासी लक्ष्मी भण्डारी, सुवाश वली, मोहन बस्नेत र दुधेना निबासी विजय योगी घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिहले जानकारी दिए ।

शुक्रबार दिउसो करिब ३ बजे  गहतेखोलामा तुलसीपुर–९ गहते निबासी पुरा नाम नखुलेका काले, विप्लव र स्टार लगाएतको समूहले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । घटनामा संलग्न व्यक्तिहरको खोजी कार्य जारी रहेको डिएसपी सिहले बताए ।

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार
प्रतिक्रिया