सामुहिक बलात्कार प्रयास आरोपमा ३ जना पक्राउ

तुलसीपुर, ८ असार/ सामुहिक बलात्कार प्रयासको आरोपमा गढवामा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ निबासी मनिकापुर निबासी १८ बर्षका दिपक पुन, सोही ठाउँ निबासी १८ बर्षका ज्ञान बहादुर पुन र २७ बर्षका मानबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ ।

गएको जेठ २९ गते एक बालिकालाई सामुहिक बलात्कार प्रयास गरेको प्रहरीले बताए पनि पिडितले भने बलात्कार नै भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया