ठेकेदारसँग पैसा माग्दामाग्दै इन्सपेक्टर पक्राउ

काठमान्डौ ६ असार / घुस लिदै गर्दा इन्सपेक्टर पक्राउ परेका छन् । ठेकेदारसँग घुस लिँदै इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ठेकदार दुर्गा लामासँग १२ हजार लिँदै गरेको अवस्थामा इन्सपेक्टर रायलाई घुस रकमसहित पक्राउ गरेको हो ।

शनिबार बिहान भिमफेदी– ६ स्थित सगरमाथा होटलबाट इन्सपेक्टर रायलाई पक्राउ गरिएको बाग्मती प्रदेशका डिआइजी बसन्त लामाले बताए । यसअघि पनि उनले ठेकेदार लामासँग पैसा माग्दै आएको बुझिएको छ ।

 

 

प्रकाशित मिति : २०७७ असार ६ गते शनिवार
प्रतिक्रिया