देउखुरी जलमग्न,, सर्तकता अपनाउन आग्रह

शिवु खनाल

दाङ–लगातारको बर्षातका कारण दाङ देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छ । गए राति देखि निरन्तर वर्षाका कारण देउखुरीको विभिन्न वडाहरू जलमग्न भएको छ ।

वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न हुनुका साथै पूर्व पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् । स्थानीय खोलामा बाढी आउँदा लमही गढवा यातायात सेवा प्रभावित भएको छ । लमही गढवा सडक खण्ड स्थित बोदिपुर खोलामा बाढी आएका कारण गाडी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नम्बर २ केरुनीया निवासी सुनिता चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘घरहरुमा पानी पसेको छ । घर भित्रका सामानहरु जोगाउन मुश्किल परेको छ । देउखुरीमा बाढीको कारण लमही नरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रहरु जलमग्न रहेको छ ।

लगातार वर्षाको कारण लमही नगरपालिकाको गुर्जेहवा, बलामपुर, भुरिपुर, सेमरहवा पुरै जलमग्न भएको छ । खेतमा रहेको धानको विउ लगातार आएको वर्षाका कारण बाढिले बगाएको छ । यता लमही नगररपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०७७ असार ६ गते शनिवार
प्रतिक्रिया