बलात्कार गरेको अभियोगमा दाङमा ३ जना पक्राउ

शिवु खनाल
दाङ, ५ असार /

दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय गढवाले ३ जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ६ कि १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका वडा ६ मनिकापुर बस्ने ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दुई जना १८ बर्षका र एक जना २८ बर्षका युवक रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिँह राँठोरले जानकारी दिए । उनीहरुको नाम खुलाईएको छैन । बालिकालाई केही दिन अघि उनिहरुले ललाई फकाई गरि गढवा तर्फ लगेका थिए । सोही समयमा उक्त घटना घटेको बुझिएको छ ।

पिडित बालिकाको मेडिकल रिपोर्टमा पुर्ण रुपमा बलात्कार भएको नदेखिएपनि बलात्कारको प्रयास भएको देखिएको छ । पिडितका आफन्तले शुक्रवार करणी उद्योग सम्वन्धी किटानी जाहेरी दिएको प्रहरीले बताएको छ । पिडितको जाहेरीका आधारमा उनीहरुलाई शुक्रवार पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया