विप्लव माओवादीका इन्चार्ज तुलसीपुरमा पक्राउ

तुलसीपुर, ५ असार /जेसिबी जलाएको आसंकामा प्रहरीले विप्वल समुहका इन्चार्जलाई पक्राउ गरेको छ ।

प्रतिबन्धित नेपाल कम्युनष्टि पार्टीकाका बिजौरी, मानपुर र डुरुवा इन्चार्ज मदन केसीलाई बिजौरीबाट बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनलाई केहि समय अघि तुलसीपुरको ग्वारखोलामा जेसिबीमा आगजनी गरेको आंसकाम पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

‘ पैसा पनि लैजाने स्काभेटरमा पनि आगो लगाउने यस्तालाई छोड्नु हुन्न ।’ एक प्रहरी अधिकारीले भने । ग्वारखोला र देउखुरीमा गरि ६ वटा जेसिबीमा आगजनी गर्ने विप्लव माओवादीका कार्यकर्ता नै रहेको प्रहरीले आंसंका गरेको छ ।

 

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया