बलात्कार प्रयासको आरोपमा हेमराज पक्राउ

तुलसीपुर, २७ जेठ / बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–५ सलौरा निबासी २४ बर्षका हेमराज केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका  एक प्रहरी अधिकारीले जानकारी दिए ।  ओरापीलाई प्रहरीले गएराति पक्राउ गरेको थियो । 

पसलबाट घरजाँदै गर्दा आरोपीले एक महिलाई बलात्कारको प्रयास गरेका थिए । पक्राउ परेका युवक विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेकाले विस्तृत रुपमा बुझेर मात्रै घटनाको बिषमया भन्न सकिने बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया