तुलसीपुर, २६ जेठ
सल्यानमा बसुलाले हिर्काएर श्रीमतिले श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुमकेजिउला निबासी ३८ बर्षका श्रीमान डिल्ली घर्तीलाई गएराति साढे आठ बजे बसुलाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कर्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
हत्या आरोपमा मृतककी श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । श्रीमतिको नाम भने खुलाउन ममिल्ने डिएसपी खतिवडाले बताए ।
प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार


















