एक पाउ गाँजासहित तुलसीपुरमा ४ जना पक्राउ

तुलसीपुर, २५ जेठ

एक पाउ गाँजा सहित तुलसीपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गएको प्रहरीले तुलसीपुरको गोरखा बोर्डिङ स्कुल पछाडीबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुरको बरुवागाउँ निबासी ३९ बर्षका गजेनद्र विक्रम राना, २५ बर्षका अर्जुन बस्नेत, महेन्द्र स्कुल निबासी २५ बर्षका राज गुरुङ र तुलसीपुर ५ निबासी २४ बर्षका गोपाल नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनिहरुलाई राती ८ बजे पक्राउ गरिएको थियो । पक्राउ परेका चारै जनलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया