ब्राउनसुगरको जालाे च्यात्दै तुलसीपुर प्रहरी, १४ ग्राम सहित रावत र शाही फक्राउ

तुलसीपुर, २५ जेठ

ईलका प्रहरी कार्यालय तुलसीपुरले ब्राउनसुगरको जालाे च्यात्न सुरू गरेकाे छ । शनिबार १४ ग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेपछि यसकाे पुष्टि भएको हो ।

पक्राउ पर्नेमा वाँके कोहलपुर नगरपालीका वडा नं.७ बस्ने बर्ष २८ को श्री बहादुर रावत र बैजनाथ गाउपालीका वडा नं. १ चिसापानी बस्ने बर्ष २४ को सुजन शाही रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

रावतले चलाएको भे २ प २७४ नं.को मोटरसाईकल र शाहीको वन्डरवयरबाट समेत गरि १४ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक चक्र डम्बरपालको नेतृत्वमा गएको प्रहरी टोलीले अमिलिया क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

घनटनाा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । २२ गते राति राती पक्राउ परेका एम्बुलेनस काण्डको संजालसंग कनेक्सन रहेको बुझिएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया