सल्यान, ४ जेठ ।
सल्यानको शारदा नगरपालिकामा मंगलबारदेखि रोकिएको मतगणना आज बिहीबार दिउँसो ४ बजेदेखि फेरि सुरु हुने भएको छ । मत अभिलेखिकरणमा फरक परेको भन्दै एमाले, राप्रपा, माओवादी केन्द्र लगायत दलले विरोध गरेपछि मतगणना स्थगित भएको थियो । असन्तुष्ट पक्षले आवश्यक परे कानुनी प्रकृया अघि बढाउने, मत गणकहरु हेरफेर गर्ने र पहिलो गनिएको मतलाई पुनपुष्टि गर्ने लगायत सहमति पछि बिहीबार दिउँसोदेखि मतगणना सुरु हुन लागेको हो ।
प्रकाशित मिति : २०७४ जेष्ठ ४ गते बिहिवार