खुकुरी प्रहारबाट तुलसीपुरमा एक घाइते

तुलसीपुर, २० जेठ

खुकुरी प्रहारबाट तुलसीपुरमा एक व्यत्ति घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ राजापुर निबासी ४३ बर्षका कृष्ण सुनार नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बेलुकी साढे पाँच बजे सोही ठाउँ निबासी ३० बर्षका सन्तोष सुवेदीले सुनारमाथि खुकुरी प्रहार गरेको र अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकरी दिए ।

सुनारको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । यसैविबच घटनामा संलग्न भएको आरोपमा सुवेदीको खोजी कार्य तिब्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया