मन्दिप हत्याकाण्ड–होटेल संचालक सहित तुलसीपुरमा ८ जना पक्राउ

तुलसीपुर, १७ जेठ

ईलाका प्रहरी कार्यालय तुलसीपुरले मन्दिप हत्याकाण्डकाे अनुसन्धानका लागि   होटेल संचालक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेल संचालक देखि मन्दिपसंग संगैबसेर खाने युवाहरु छन् । शुक्रबार साँझ तुलसीपुर –९ को मैनाबगरमा रहेको एक होटेलमासंगै बसेर खाने युवाहरु सहति होटेल संचालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले अनुसन्धानमा बाधापुग्ने भन्दै खुलाएको छैन् । तुलसीपुको अटोभिलेजमा रेडिवारको काम गर्ने तुलसीपुर –९ को मैनावगर निबासी २८ बर्षका मन्दिप भुजको गएराति हत्या भएको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

दाङका  प्रहरी प्रमुख चन्द पुगे पिडितको घरमा

यसैविबच जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी प्रमुख एसपी गणेस चन्दले घटना स्थलको अवलोकन गर्नुका साथै पिडितको घरमा समेत पुगेर अपराधमा संलग्नलाई छिट्टै पक्राउ गर्ने आश्वासन दिएका छन् ।

‘ पिडितको घरमा पनि पुगे । मृतकको आमा र श्रीमतिसंग पनि केही कुरा बुझने काम भयो,’ एसपी चन्दले भने –‘ पिडित परिवारले दोषीलाई कारबाहीको माग गर्नु भएको छ । हामीले केहि व्यक्तिलाई नियन्त्रणमा पनि लिई सकेका छौ । छिट्टै कुरा बाहिर आउँछ ।’

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया