तुलसीपुरमा सामुहिक आक्रमणबाट विक घाईते

तुलसीपुर, १७ जेठ

तुलसीपुरमा सामुहिक आक्रमणबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका –१२ टरीगाउँ निबासी १५ बर्षका सुमन विक रहेको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरले जानकारी एिको छ ।

घाईते विकको बाँया हात भाँचिएको छ भने शरिका अन्य भागमा टोटपटक लागेको प्रहरीले जानकारी दिएको छ । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुर –३ नाउला निबासी सुनिल गिरी, विकास गुरुङ, श्याम गिरी, जीवन घर्ती लगाएत १५/२० जनाको समूहले नाउलाको स्कुलमा साथीसंग बसीरहेका विकलाई कुटपिट गरेर घाईते बनाएका थिए । घाइते बिक मामाको घरमा बहिनी पठाउन गएका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया