
तुलसीपुर, १३ जेठ
जेसीबी जलाएको आरोपमा ६ जना पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानारी दिएको छ ।
तलसीपुर –४ को ग्वारखोलामा राखिएको अन्टेष्ट जेसीबीमा शनिबार राति १२ बजे आगजनी भएपछि उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी पवक्ता चक्रडम्बर पालले जानकारी दिए ।
दुर्गा कन्ट्रक्सनका कृष्ण खड्काले ग्राभेल उत्खनन्का लागि राखेको जेसीबीमा अज्ञात समूहले आगजनि गरेको थियो । यसैबिच पिडित खड्काले आजै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा घटनामा संलग्न व्यक्तिको पहिचान गरि कारबाहीका लागि निवदेन दिएका छन् । आगजनी हुँदा जेसीबी पुर्णरुपमा जलेर नष्ट भएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार