सत्यतथ्य छानबिनका लागि पहल गर्छु : अध्यक्ष खड्का 

घोराही , १२ जेठ

नेपाल कम्युनष्टि पार्टी (नेकपा) दाङका अध्यक्ष टीकाराम खड्काले कृत्रिम तालमा डुबेर युवकको मृत्यु भएको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न पहल गर्ने बताएका छन् ।

पिडित परिवारको घरमा पुगेका अध्यक्ष खड्कासंग पिडित परिवारले छोरा पानीमा आफै डुबेको नभई तालमा धकेलेर मारेको भन्दै गुनासो गरेपछि अध्यक्ष खड्काले निश्पक्ष छानबिनका लागि प्रहरीलाई आग्रह गर्ने बताए ।

‘ निर्दोस फस्नु हुँदैन् । दोषी उम्किनु हुँदैन,’ अध्यक्ष खड्काले भने –‘ पोष्टमार्टम रिपोर्टका आधारमा प्रहरीले वास्तविक कुरा बाहिर ल्याउँछ । त्यसका लागि पार्टीको तर्फबाट मैले पनि सहयोग गर्छु ।’

आइतबार बिहान घोराही उपमहानगरपालिका–१७ मा रहेको कृत्रिम तालमा सोही ठाउँका विजय केसीको डुबेर मृत्यु भएपछि प्रहरीले १० जनालाई नियन्त्रण लिएको छ भने मृतकका वुवा तिलक केसीले पक्राउ परेका १० जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

यसैबिच पिडित परिवारले दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने, कृयाखर्च भराउने र मृतककी श्रीमतिलाई रोजगारी दिलाउने सहमतिमा शव बुझेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया