अज्ञात समूहले जेसीबीमा आगजनी गर्दा एक करोडको क्षेति

तुलसीपुर, ११ जेठ

गएराति अज्ञात समूहले तुलसीपुरको ग्वारखोलामा पार्किङ गरि राखेको अनटेष्ट जेसीबी आगजनी गरेको छ । आगजनीबाट जेसीवी पूर्णरुपमा क्षेती हुँदा करिब एक करोड बराबरको क्षेति भएको दुर्गा कन्ट्रक्सनका प्रोप्राईटर कृष्ण खड्काले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका –४ ग्वारखोलामा ग्राबेल उठाउन तुलसीपुर उपमहानगरपालिकासंग दुर्गा कन्ट्रक्सनले १९ लाख ५० हजारमा ठेक्का लिएको पिडित खड्काले जानकारी दिए । उनका अनुसार ग्राबेल उठाउने म्याद भोलीसम्म थियो ।

ग्राबेल उठाउन स्थानीयले सुरुमा केहि अबरोध जस्तो गर्न खोजेपनि कागजी प्रकृया पुरा भएको देखेपछि शान्त भएका थिए । लकडाउनका कारण समयमै काम गर्न नपाएका खड्काले जेसीबी भाडामा लिएर काम सुरु गरेको करिब हप्ता दिन मात्रै भएको थियो ।

यता प्रहरीले अज्ञात समूहको खोजी कार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए । घटना राति १२ बजे भएको थियो ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया