कैदीबन्दीबीच झडप, एक घाइते

 

काठमान्डौ, ११ जेठ

डिल्ली बजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । डा.उपेन्द्र देवकोटाकी छोरीको अपहरणको घटनामा कैद भुक्तान गरिरहेका कारागारका मुख्य नाइके गोकुल गिरी र अन्य कैदीबीच झडप भएको हो ।

झडपमा परी एक जना कैदी घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पताल लैजान तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

लकडाउनका बेला कैदीका आफन्त कोही पनि भेट्न नपाउने भएपछि कैदीहरुमा पैसाको अभाव भएको छ । कारागारभित्र रहेको क्यान्टिनमा समेत उधारो खान नपाएपछि कैदीहरुले नाइकेमाथि आक्रमण गरेका हुन् । अहिले डिल्लीबजार कारागारमा उच्च सतर्कता अपनाएको छ ।

कारागारभित्र कैदीहरु शान्त नभइसकेकाले त्यहाँको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया