तुलसीपुरको एक सामुदायिक वनमा झन्डै दुई सय सालका रुख काटियो,सिमसार क्षेत्र जोखिममा

तुलसीपुर, ११ जेठ ।

दाङ तुलसीपुर ७ मा रहेको धारपानी सामुदायिक बन उपभोक्ता समुहमा विवाद उत्पन्न भएको छ ।बन पत्ल्याउने नाममा सिमासार क्षेत्रलाई समेत असर पर्ने गरी जथाभावी सालका रुख काटिएको भन्दै उपभोक्ताले अहिले विरोध जनाएपछि विवाद भएको हो ।त्यहाका उपभोक्ताहरु सिमसार क्षेत्रको रुख काट्दा पानीको मुहान समेत सुक्ने भन्दै विरोधमा उत्रिएका हुन । साथै काटिएका उक्त काठ पनि अनियमित तरिकाले विक्रि वितरण भएको उपभोक्ताको आरोप छ ।

गएको फागुन दोस्रो सातादेखी उक्त बनमा बन पत्ल्याउने कार्यक्रम सुरु भएको हो । जसमा झन्डै दुई सय वटा सालका रुख काटिएका थिए । बन बत्ल्याउदा अन्य क्षेत्रलाई असर नपर्ने गरी काट्नु पर्ने हो ।यद्यपी त्यहा त्यसो नभएको स्थानियको दावी छ । जथाभावी रुख काट्दा सवैभन्दा बढि सिमसार क्षेत्र संकटमा पर्ने खतरा रहेको स्थानिय उपभोक्ताले बताएका छन् । सिमसार क्षेत्रको वरपरका रुख काटिएका छन् । उक्त क्षेत्रमा पानीको मुहान सुक्ने खतरा रहेको छ ।

सिमसार क्षेत्रबाट आएको पानीले मटेरा सहित दुई गाउँका झन्डै एक सय बढि किसानले सिचाई कुलो प्रयोग गदै आएको बताईएको छ ।मुहान सुकेमा सिचाईमा समस्या आउने स्थानिय एक उपभोक्ताले आफनो नाम नबताउने शर्तमा तुलसीपुर खवरसंग भनेका छन् । साथै रुख कटान गर्दा सिचाई कुलो भत्किएको भएपनि मर्मत नभएको उनको गुनासो छ । यस्तैगरी काटिएको साल रुख वितरणमा पनि बन समुहले अनियमितता गरेको उपभोक्ताको आरोप छ ।

रुख काटीसकेपछि घाटगद्दी हुनुपर्ने भएता पनि त्यसो नभएको बताईएको छ । रुख वितरणमा बिना रसिद, नाताबाद र कृपाबाद अनुसार विक्रि वितरण भएको त्यहाका उपभोक्ताको आरोप छ ।उपभोक्ताले बन समुहकी अध्यक्षले मनोमानी ढङगले बनमा काम गरिरहेको आरोप समेत लगाएका छन् ।बन समुहकी अध्यक्ष जिसीको कार्यशैली प्रति असन्तुष्ट जनाउदै उपभोक्ताहरु उक्त विषयलाई लिएर केहि दिन अगाडी अस्थायी प्रहरी पोष्ट पर्सेनीमा समेत पुगेका थिए ।

तर यता बन समुहकी अध्यक्ष नन्दा जिसीले भने सिमसार क्षेत्रलाई कुनै असर नपर्ने गरी आफुहरुले रुख काटेको दावी गरिन् । बन पत्ल्याउने कार्यक्रम अनुसार बनमा १ सय ८४ वटा साल रुख काटिएको बताउदै उनले विक्रि वितरणमा पनि बिना रसिद कसैलाई काठ नदिएको दावी गरेकी छिन् ।सिमसार क्षेत्र जैविक विविधताले सवैभन्दा ठुलो क्षेत्र भएकाले महत्वपुर्ण क्षेत्र मानिन्छ । त्यसकारण बाक्लो रुपमा रुख फडानी गर्न उपयुक्त नहुने डिभिजन वन कार्यालय दाङले बताएको छ ।

तर आबश्यकताको आधारमा हटाउनै नमिल्ने भन्ने कुरा नभएको डिभिजन वन कार्यालयका बन अधिकृत दिपक ज्ञवालीले बताएका छन् । साथै उनले यस विषयमा अनुगमन गरेर मात्रै भन्न सकिने उनको भनाई छ ।बन पत्ल्याउने कार्यक्रम उक्त बनमा पनि लागु भएको बताउदै बन पैदावारमा पार्दशी हुनु पर्ने उनले बताएका छन् । यदी बन समुहले कुनै बदमासी गरेको पाईएमा आफुहरुले नियमन र अनुगमन गर्ने उनको भनाई छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया