पालिका अध्यक्ष र वडाध्यक्ष न्याय खोज्दै सुलिचौर प्रहरीमा

तुलसीपुर, १० जेठ

रोल्पामा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष बिच हात हालाहाल भएपछि दुबै जनाले कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन् । रोल्पाको, सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती र सोही गाउँपालिकाको ४ नम्वर वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीले आ–आफनो दाबी सहित आफु माथि हातपात र दुव्र्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यलय सुलिचौरमा ठाडो निवेदन दिएको प्रहरीले जानकारी दिएको छ ।

दुबै वडाध्यक्षले शुक्रबार नै निवेदन दिएाक थिए ।
शुक्रबार भएको १४ औं कर्यापालिका बैठमा गाउँपालिका अध्यक्ष घर्तीले पदीय मर्यादा विर्सेर आफुमाथि हातपात र दुव्र्यवहार गरेको भन्दै वडाध्यक्षले प्रहरीमा निवेदन दिएको आधा घन्टापछि गाउँपालिका अध्यक्षले पनि त्यस्तै व्यहोराको निवेदन दिएको प्रहरी निरीक्षक सुरेन्द्र धमलाले जानकारी दएिका छन् ।कार्यपालिका बैठकमा दुबै वडाध्यक्ष आ–आफना अडानबाट पछि नहटेपछि हातहालाहालको अवस्था पुगेको प्रहरीले जानकारी दिएको छ ।

‘ईलाका   प्रहरी र  गाउँपालिकाको कार्यालय संगै जुधेको छ । प्रहरी जानेबेला विवाद साम्य भई सकेको थियो,’ सुलिचौरका प्रहरी प्रमुख प्रहरी निरीक्षक धमलाले भने–‘ आज उहाँहरु आउनु भएको छैन । सायद कार्यपालिकामै सबै कुरा मिलाउनु हुनुहुन्छहोला । किनकी उहाँहरु स्वयम् जनप्रतिनिधि हो । ’ घर्ती तत्कालिन माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन भने क्षेत्री नेपालीकांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

दुबै जना अध्यक्षलाई बास्तविकता बुझन फोन गरेपनि फोन नउठाएका कारण कुरा हुन सकेन ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया