तुलसीपुर, ९ जेठ
पाँच दिनदेखि हराईरहेका एक युवक तुलसीपुरको मायालु सामुदियक वनमा मृत भेटिएका छन् ।
बेलुवामा रहेको आफन्तको घरबाट घरजाने भन्दै जेठ ५ गते हिडेका दंगीशरण गउँपालिका–४ बैबाङ निबासी २२ बर्षका गुरुप्रसाद भण्डारी तुलसीपुर–८ स्थित मायालु सामुदायिक वनमा रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको पिडित परिवारले जानकारी दिएका छन् ।
पिडितका वुवा बुद्धिराम भण्डारीले हत्या भएको भन्दै छानविन गर्न माग गरेका छन् । यता प्रहरीले सुसाईट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।