
हेमराज शर्मा
दाङ, जेठ ९ / वनकोगस्ती टोलिले पश्चिम दाङबाट सालको अवैध ४१ थान काठ सहित एक जना पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय दाङ र दङिशरण सव डिभिजन वन कार्यालयबाट गएको संयुक्त वनगस्तिले विभिन्न नाप साईजको सालको चिरान काठ ४१ थान सहित सो घटनामा सलग्न रहेको आशन्कामा शाान्तीनगर गाउपालिका वडा नं १ बाट सोही ठाउका ६० वर्षका दिल बहादुर थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर के सि ले जानकारी दिए ।
बरामद गरिएको काठ र पक्राउ गरिएका थापालाई डिभिजन वन कार्यालय दाङमा ल्याईएको छ । कटान भएको काठ सुन्दर सामुदायिक वनको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दङिशरण सब डिभिजन बन कार्यालयका प्रमुख सहायक बन अधिकृत दयाराम पौडेलले जानकारी दिए । बराबर गरिएको काठ करिव ५० क्यू फिट छ ।
त्यस कार्यमा सम्बन्धित सुन्दर सामुदायिक वन उपभोक्ता समूहका कार्य समिति सँग पनि आवश्य जाँचबुझ भईरहेकोले सत्य तथ्य पत्ता लगाई नियमानुसार कार्बा्हि गरिने डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए । लकडाउनको दुई महिनाको अबधिमा विभिन्न एक दर्जन घटनामा सयौ क्यू फिट काठ बरामद गरिएको छ ।
काठ तस्करी र बन्यजन्तु चोरी सिकारी सम्लग्न रहेको अभियोगमा दुई दर्जन बढिलाई कारबाहीको प्रक्रियामा रहेको डिभिजन बन कार्यालय दाङले जनाएको छ ।