तुलसीपुर, ९ जेठ
तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा स्थित कपासेडाँडामा १० लाख लागतमा खानेपानी ट्याङकी निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको ७ लाख ५२ हजार र उपभोक्ता समितिको २ लाख ४१ हजार जनश्रमदानमा ५० हजार लिटर क्षेमताको पानी ट्याङकी निर्माण गरिएको उपभोक्ता निर्माण समितिका अध्यक्ष टेकबहादुर बोहराले जानकारी दिए ।
फागुन ११ गते उपमहानगरपालिकासंग सम्झौता गरेको उपभोक्ता समितिले बैशाख मसान्तमा निर्माण कार्य सम्पन्न गरेको थियो । ट्याङकी निर्माण भएपछि यस क्षेत्रका करिब दुई सय घरधुरी प्रत्यक्ष लाभान्वीत हुने भएका अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शिवहरी भण्डारीले जानकारी दिए ।
यस अघि १२ हजारको ट्याङकी हुँदा उपभोक्तालाई पानी पु¥याउन निकै समस्या हुने गरेको थियो । यसैबिच नवनिर्मित ट्याङकीको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले अनुगमण गरेका छन् । तोकेको समयमा निर्माण कार्य सम्पन्न गरेकोमा प्रसंशा व्यक्त गर्दै उपभोक्तालाई सहज र सरल तरिकाले पानी उपलब्ध गराउन आग्रह गरेका थिए