सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा पारस पक्राउ

तुलसीपुर ९ जेठ

सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर –१८ अकासी निबासी पारस खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घटनामा संलग्न सोही ठाउँका २७ बर्षका विनोद घर्ती र आषिश परियार फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए । पारसले आफनी प्रेमिकालाई मोबाईलबाट म्यासेज पठाएर बोलाएपछि पिडित युवति बलात्कारको शिकार भएकी थिइन् ।

युवतीलाई घर्ती र परियारले बलात्कार गरेपनि पारसको मोबाईलबाट बोलाएकाले उनलाई घटनाको योजनाकार रहेको भन्दै पक्राउ गरेको हो ।पारसलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया