२०८३ असोज ६ गते मङ्गलवार

गर्भवती गराएको आरोपमा शिक्षक पक्राउ

डिवी विष्ट

बझाङ, ७ जेठी । सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् ।

सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ परेका हुन् । गत फागुन १२ मा पीडित किसोरीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकै दिनदेखि उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।

अर्का आरोपित शिक्षक शिवराज जोशी भने अझैं पक्राउ परेका छैनन् । प्रहरीले उनीहरु घर वरिपरि नै घुमिरहँदा पक्राउ गर्न नसेको आरोप लागिरहेका बेला ४ महिनापछि मात्रै शिक्षक ओलीलाई सोमबार राति पक्राउ गरिएको हो ।

अर्का आरोपित शिक्षक जोशीको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।