चेल्सी स्टार ओडोई पक्राउ

काठमाडौ, ७ जेठ ।

इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउनको नियमको अवज्ञा गर्दै एक मोडल महिलासँगै रहेका कारण ओडोइलाई पक्राउ गरिएको इंग्ल्यान्डको महानगरीय प्रहरी अफिसरले बताएका छन् ।हड्सन र ती मोडल महिलालाई आइतबार पक्राउ गरिएको हो । हड्सन अहिले हिरासतमा रहेका छन् ।

प्रहरीको रिपोर्टअनुसार हड्सन आफ्नै अपार्टमेन्टमा रहे पनि अनलाइनमार्फत चिनजान भएका मोडल महिलालाई आफ्नै अपार्टमेन्टमा बोलाएर बाहिर डुल्न निस्किएको बुझिएको छ । उनले महिलालाई लिन जानका लागि सवारीसाधन पठाएको समेत बुझिएको छ । रिपोर्टअनुसार घटनास्थलमा एम्बुलेन्स भेटिनुले हड्सनले ती मोडल महिलालाई बलात्कार गरेको हुन सक्ने अनुमान गरिँदा ती महिलाले हड्सनले बलात्कार गरेको दाबी गरेकी छन् ।

प्रहरी प्रवक्ताका अनुसार ती महिलाले लन्डन एम्बुलेन्स सेवालाई बोलाएर अस्पताल गएको बुझिएको छ । महिला अस्पतालामा तथा पुरुष हिरासतमै छन् । यस विषयमा अनुसन्धान जारी राख्न प्रहरी हड्सनतर्फ नै फर्किएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया