सामुहिक बलात्कारपछि गाउँ निकाला

इटहरी , ६ जेठ

मोरङको बुढीगंगा गाउँपालिकामा सामुहिक बलात्कारपछि एक किशोरीलाई अगुवाकै दबाबमा गाउँ निकाला गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा का १५ बर्षीया किशोरीमाथि दुई महिना अगाडि ५ जनाको समूहले सामुहिक बलात्कार गरेको थियो । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुईजनाको समूहले बलात्कार गरेको पीडितको भनाई छ ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि प्रहरीले नै बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई छाडिदिएको पीडितको भनाई छ । ती युवाहरुले राती राती आएर धम्काउने गरेको पिडितको गुनासो  छ ।

बलात्कृत महिला भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिष्कार गरेकोप्रति स्थानीय अगुवाहरुले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ । स्थानीय मिल्न दिएको दबाब नमानेपछि आफुहरु सामाजिक रुपमा अपेहेलित भएर निस्कनु परेको उनको गुनासो छ ।

युवति गर्भवती हुँदा झनै समस्या भएको आमाको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामबहादुर ढकालले भने ५ जनाले सामूहिक बलात्कार गरेको भएपनि दुईजना नाबालक भएका कारण अदालतले नै छाडेको जिकिर गरे ।
उनका अनुसार अहिले दुईजनालाई भने प्रहरीले जबरजस्ती करणीमा मुद्धा चलाइसकेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया