प्रेमिसंग मोज गर्न श्रीमतिले गरिन श्रीमानको हत्या

 

बिराटनगर, ६ जेठ

प्रेमिसंग मिलेर श्रीमतिले श्रीमानको हत्या गरेकी छन् । श्रीमती मीना श्रेष्ठ (दुलाल) ले आइतबार राती देवी दुलालको हत्या गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । औषधी व्यवसायी दुलाल साँझ साथीहरुसंग भोज खाएर सुतेको अवस्थामा पे्रमिकासंग मिलेर श्रीमतिले हत्या गरेको प्रहरी कार्यालय मोरङक प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार श्रीमतिलाई धेरै मायाँ गर्ने दुलालले ११ दिन अघि कोरोनासंग लड्ने हो डराउने होईन, श्रीमति संग डराउने हो लड्ने होईन भन्दै फेसवुकमा स्टाटस लेखेका थिए । श्रीमती मीनाले विराटनगर ४ स्थित बुढाथोकी फार्मेसीमा बिक्रेताको काम गर्ने २१ बर्षका प्रेमी ब्रम्हदेव साह र उनका साथी ईटहरी उपमहानगर १२ बस्ने २० बर्षिय सोनु साहसँग मिलेर रातको समयमा डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीलाई बयान दिएकी छन् ।

श्रीमान निदाएको थाहा पाएपछि श्रीमती मीनाले प्रेमी ब्रम्हदेवलाई फोन गरेर घरको ढोका खोलिदिएकी थिइन । ब्रम्हदेवले पनि योजना अनुसार आफनो साथीलाई लिएर मीनाको घर पुगेका थिए । मिनाले एक्कासी बिरामी भएको भन्दै स्थानीयलाई खबर गरेर अस्पताल लगेपछि चोटपटका आधारमा हत्या गरेको घटना सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया