दासढुङ्गा हत्याकाण्ड : आज २७ बर्ष पुरा

तुलसीपुर,३ जेठ

दासढुङ्गा हत्याकाण्ड भएको आज २७ बर्ष पुरा भएको छ । तत्कालिन नेकपा एमालेको नेतृत्वले समेत यो दासढुङ्गा दुर्घटना  हत्या काण्ड भएको भन्दै हत्यारा पत्ता लगाउन माग गर्दै देशैभर आन्दोलन चर्काएको थियो ।

घन्टौसम्म धाराप्रवाह रुपमा भाषण गर्न सक्ने क्षेमता भएका स्वर्गीय नेता भण्डारीको योगदानले पार्टीलाई यहाँ सम्म ल्याउन भ¥याङको रुपमा काम गरेको छ । घटना घटेको त्यो कालो दिनलाई अहिले  मदन–आश्रित स्मृति दिवस भनेर बर्षमा एक पटक सम्झिने गरिएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जिप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

दुर्घटनाका एकमात्र प्रत्यक्षदर्शी थिए मदन भण्डारीको गाडी चालक अमर लामा ।  अदालतबाट दोषी ठहर भइ सजायँ भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुर लखेटी(लखेटी हत्या गरियो । अमर लामाको हत्या कसले गर्‍यो त्यो पनि रहस्यकै गर्भमा छ । एकमात्र साक्षीको पनि हत्या भएपछि दासढुंगा काण्डको वास्तविकता यही नै हो भन्ने अवस्था छैन ।

मदन–आश्रीतका समकालिन साथीहरु अहिले सत्तामा पुगेका छन् । अझ भनौ उनकी धर्मपत्नी विद्यादेवी भण्डारी अहिले मुलुकको राष्ट्र प्रमुखका रुपमा छिन् । सत्ता बाहिर हुँदा दासढुङ्गा हत्या काण्ड भन्दै हत्यारा पत्ता लगाउन माग गर्ने तत्कालिन एमाले र एकिरणपछिको नेपाल कम्युनष्टि पार्टी नेकपा सत्तामा भएपनि यो घटनलाई जेठ ३ गते सम्झीने र औपचारिक रुपमा कार्यक्रम गरेर झारा टार्ने काम वाह्यक अरु प्रगति भएको देखिदैन् ।

कम्युनष्टिको सरकार बारम्बार सत्तामा पुगेपनि यो घटनाको बास्तविकता अहिले पनि खुल्न सकेन् । घटना कसरी घट्यो, के कारणल घट्यो त्यो अहिले पनि गर्भमा रहेरको छ ।  बाहिर निकाल्ने प्रयास नै गरिएको छैन । यो बर्ष झनै मुलुकमा कोरोनाको माहामारीका कारण चोरले कुम्लो लग्यो मलाई हुलुको जस्तो भएको छ । दिवङ्गत भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याएका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया