तुलसीपुर, १ जेठ
पश्चिम दाङको ढोलपुर डाँडामा टेक्टर पल्टीदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा बबई गाउँपालिका–७ निबासी ४० बर्षका देबहादुर वली र ३६ बर्षका पुर्ण वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
मसुरो लिएर मलैखोलाबाट तुलसीुर तर्फ आउँदै गरेको रा१त २५०२ नम्बरको टेक्टर बबई गाउँपालिका–७ ढोलपुर डाँडामा पल्टिएको थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार


















