२०८३ बैशाख ११ गते शुक्रवार

रड प्रहारबाट तुलसीपुरको बसपार्कमा विक घाइते

तुलसीपुर, ३१ बैशाख

तुलसीपुरको बसपार्कमा रड प्रहारबाट एक व्यक्ति गम्भिर घाइते भएका छन् ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क स्थित  माछापुच्र्छे निबासी ४० बर्षका नरबहादुर विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाते नरबहादुरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइते विकको टाउकोमा गहिरो चोट छ । श्रीमान श्रीमति बिच झगडा भइरहेका बेला झट्केलो छोरा  सुरेश विकले फलामको रडले टाउकोमा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

घटना लगत्तै भागेका सुरेशको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया