२०८३ असोज ४ गते आइतवार

गोली हानेर प्रहरी जवानको हत्या गरेको आफन्तको आरोप

वीरेन्द्रनगर , ३१ बैशाख प्रहरी जवानको कुटपिट पछि गोली हानेर हत्या गरेको भन्दै आफन्तले छानविनको माग गरेका छन् । सुर्खेतको सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का हिजो चौंकीदेखि पाँच सय मिटर टाढा मृत अवस्थामा भेटिएपछि आफन्तले यसतो माग गरेका हुुन् । प्रहरी चौकीले आत्महत्या भने पनि आफन्तले भन्न मान्न तयार छैनन् ।  दाजु यामबहादुर खड्काका अनुसार मृतक प्रहरीको ऐसेलुको झाङमुनि सुतेको अवस्थामा दाहिने हातमा पेस्तोल थियो । उक्त पेस्तोल चौंकीका इन्चार्ज असई देवबहादर थलालको हो । जवानकको ढाडमा निलडाम र बायाँ तथा दायाँ छातिमा प्वाल परेको पेस्तोल हातैमा समातेकाले घटना संकास्पद भएको बताए ।  
प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।