२०८३ असोज ४ गते आइतवार

जबरजस्ती करणी गरेको आरोपमा डाक्टर पक्राउ

सुजित कुमार झा जनकपुरधाम, ३१ बैशाख । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जनकपुरधामका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरधामका एक चिकित्सक रहेका छन् । प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापी डा. राजेश मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन । आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको झापा घर भएकी एक २८ वर्षीया महिलले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । डा. मण्डलले विभिन्न समयमा अस्पताल बाहिर विभिन्न स्थानमा लागेर आफूलाई बलात्कार गरेको महिलाले निवेदनमा उल्लेख गरेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।