तुलसीपुर, २९ बैशाख
खुकुरी प्रहारबाट तुलसीपुरमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहागनरपालिका गोलौरा निवासी २९ बर्षका टीकाराम बस्नेत र सोही ठाउँ निबासी २८ बर्षका प्रकाश नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
खुकुरी प्रहार गर्ने तुलसीपुर उपमहानगरपालिका–१२ एयरपोर्ट निबासी १९ बर्षका सुरेश डाँगीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी साहयक निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए ।
घटना पौने नौ बजे गोलौराको सरस्वती टोलमा भएको थियो ।बस्नेतको अनुहार नेपालीको टाउकोमा चोट लागेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार


















