तुलसीपुर,२८ बैशाख
तुलसीपुरमा तरबार प्रहारबाट एक युवक घाइते भएका छन ।
घाइते हुनेमा तुलसीपुर-४ मुलकोट निबासी दिपक पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर- ३ खमारी निबासी बिशाल वलीले खमारीमा आफ्नै पसलमा बसिरहेकाबेला पुनलाई तरबार प्रहार गरेको स्थानीयले जानकारी दिएका छन । वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयले तत्काल आरोपिलाई नियन्त्रणमा लिएर प्रहरीलााई जिम्मा लगएका थिए । तरबार स्थानीयले न खोसेको भए युवकको ज्यानै जानसक्ने उनीहरुले बताए । घाइते युवकले जकेट लगाएका कारण आरोपीले तीन पटक ढाडमा प्रहार गरेपनि गहिरो चोट नलागेको प्रतक्षदर्शीले बताए ।
प्रकाशित मिति : २०७७ बैशाख २८ गते आइतवार


















